राजविराज, जेष्ठ १९ । महिला, बाबालविका तथा ज्येस्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले आवश्यक पुर्वाधार सहितको प्राविधिक र गुणस्तरीय शिक्षा अहिलको आवश्यक्ता भएको बताएका छन ।
सोमवार एकै दिन आफ्नो गृहजिल्लाको ४ वटा सामुदायीक विद्यालयमा बन्दै गरेको नयाँ भवनको अनुगमन गर्दै मन्त्री साहले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्दै आवश्यक पुर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आजको आवश्यक्ता रहेको बताएका हुन ।
“परम्परागत रुपमा प्रदान गरिएको शिक्षाको ढाँचालाई परिर्वतन गरी प्राविधीक र व्यवसायीक नागरिक उत्पादन गर्ने शिक्षाको खाँचो छ, मन्त्री साहले भने–यस तर्फ सरकार विभिन्न निती निर्माण गर्दै अघि बढेको छ ।” उनले सुविधा सम्पन्न भवन उपलब्ध हुन लागेकाले गुणस्तरीय शिक्षाद्वारा विद्यालयमा विद्यार्थी संख्या बढाउने योजनमा जुट्न प्राधापक र शिक्षक संग आग्रह समेत गरे ।
उनकै पहलमा शहरी विकास मन्त्रालयबाट जनही १/१ करोडका दरले प्राप्त ४ करोड बजेटबाट सप्तरीको कंचनरुप नगरपालिका स्थित सर्वाेदय उच्चमाध्यमिक विद्यालय, आधारभुत विद्यालय बरमझिया, हनमाननगर कंकालिनी नगरपालिका मधवापुर स्थित जनता माध्यमिक विद्यालय तथा सप्तकोशी नगरपालिका स्थित गोबद्र्धन जनता माध्यमिक विद्यालयमा थप नयाँ कक्षा कोठा भवनहरु निर्माण कार्य भईरहेको छ । अन्तिम चरणमा पुगेको निर्माण कार्यको स्थलगत निरिक्षण गरेका उनले निर्माण कार्यको प्रगति विवरण र गुणस्तरीयताबारे समेत जानकारी लिएका थिए ।
यता नयाँ कक्षा कोठा भवन बन्न लागेपछि विद्यालयका शिक्षक, विद्यार्थी संगै अभिभावक पनि खुशी भएका छन । स्थानीय अभिभावक राहुल गुप्ताले भने–सुविधा सम्पन्न भवन पाएपछी विद्यार्थीलाई पठन पाठनमा सुविधा तथा शैक्षिक गुणस्तर सुर्धान शिक्षकहरुलाई समेत सहज हुने विश्वास ब्यक्त गरे ।






