एजेन्सी, असार ३ । इरान इजरायल युद्ध पाँचौ दिन पनि जारी रहेको छ । दुई देशबीच भई रहेको युद्धको क्रममा इजरायलले सोमबार राति इरानको राजधानी तेहरानमा सयौ मिसाइल आक्रमण गरेका छन् ।
इरान इजरायल युद्ध को चौथो दिन इजरायली वायुसेनाले इरानको राजधानी तेहरानमा रहेको राष्ट्रिय टिभी समाचार च्यानल इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा बम आक्रमण गरेको छ ।
घटनाको समयमा टिभी प्रस्तोता प्रत्यक्ष कार्यक्रम सञ्चालन गरिरहेका थिए। उनी बम विस्फोटबाट मुस्किलले बाँचेका छन । घटनाको एउटा भिडियो पनि बाहिर आएको छ, जसमा प्रस्तोता स्टुडियोबाट भागिरहेको देखिएको छ। उसको पछाडिको पर्दा कालो भयो। स्टुडियो फोहोर र धुवाँले भरिएको थियो। एक जना व्यक्तिले अल्लाहु अकबर भनेको समेत सुनियो ।
इजरायल डिफेन्स फोर्सेस ले इरानमाथि भएको आक्रमणको अर्को भिडियो जारी गरेको छ । क्याप्शनमा भनिएको छ कि आज बिहानदेखि इजरायली वायुसेनाले तेहरानतर्फ गइरहेका मिसाइल लन्चरहरूले भरिएका धेरै ट्रकहरूलाई निशाना बनाएको छ ।
इजरायलले आइतबार राति इरानको विदेश मन्त्रालयमा आक्रमण गरेको थियो । यसमा १०० भन्दा बढी घाइते भएका छन् । जुन १४ मा इजरायली सेनाले रक्षा मन्त्रालयमा पनि आक्रमण गरेको थियो। पछिल्ला चार दिनमा इजरायली आक्रमणबाट इरानमा २२४ जनाको मृत्यु भएको छ । १,२७७ भन्दा बढी घाइते भएका छन् । अमेरिकास्थित मानव अधिकारकर्मी समूहले इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।
आज इरानको आक्रमणमा ८ इजरायलीको मृत्यु
इरानले पनि निरन्तर बदला लिइरहेको छ। सोमबार बिहान, इरानी सेनाले मध्य इजरायलका धेरै स्थानहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। यसमा ८ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।
इजरायली आक्रमणमा हालसम्म २२४ इरानी मारिएका छन् भने १,४८१ जना घाइते भएका छन्। यसैबीच, इजरायलमा अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी घाइते भएका छन्।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने कि खामेनीको हत्याले युद्ध बढाउने नभई यसको अन्त्य गर्ने दावी गरेका छन ।
यसैबीच, इजरायल र इरानबीचको द्वन्द्व पाँचौं दिन पनि जारी रह्यो। इजरायलले सोमबार राति तेहरानमा धेरै हवाई आक्रमण गरेको छ। त्यही समयमा, इरानले इजरायलको राजधानी तेल अभिव र हाइफामा बमबारी ग¥यो।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मानिसहरूलाई इरानी राजधानी तेहरान तुरुन्तै खाली गर्न चेतावनी दिएका छन् । उनले इरानले आणविक सम्झौतामा हस्ताक्षर नगर्नु मूर्खतापूर्ण हुने समेत बताएका छन ।






