वृजमान तामाङ
राजविराज, असार ८ । सप्तरीको शम्भुनाथमा पत्रपत्रिकाको नाममा ४० लाखवढी रुपैयाँ अनियमितता भएको आरोप लागेपछि अख्तियारले अनुसन्धान शुरु गरेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु, आन्तरिक लेखा परिक्षक झनक कटवालसहित लेखापालसहितको मिलेमतोमा अनियमितता भएको भन्दै अख्तियरले छानविन अनुसन्धान अगाडि बढाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीस्थित कार्यालयले गत १६ जेठमा नगरपालिकालाई पत्राचार गर्दै शम्भुनाथमा पत्रपत्रिकाको नाममा अनियमिततासम्बन्धी स्पष्टिकरण माग गरेपछि उक्त प्रकरण वाहिरी!को छ ।
प्रमुख प्रशासकीय अधिकृत सोनु ,आन्तरिक लेखा परिक्षक कटवालसहित लेखापालले जनचेतनामूलक विज्ञापनका नाममा पत्रपत्रिका तथा कन्टिजेन्सी शीर्षकबाट ४० लाख रकम खर्च गरेको र होटलहरूलाई गैरकानुनी रूपमा भुक्तानी दिएको आरोपको प्राप्त उजुरीका आधारमा छानविन थालेको अख्तियारको पत्रमा उल्लेख छ ।
अख्तियारले उक्त प्रकरणको यथार्थ विवरण, सो सम्बन्धी सम्पूर्ण कागजात र लिखित प्रतिक्रिया पेश गर्न नगरपालिकालाई निर्देशन दिएको छ। अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा १ को देहाय खण्ड (क) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पार्दै नगरपालिकालाई जवाफ माग गरेको छ ।
नगरपालिका श्रोतका अनुसार जनचेतनामूलक संदेश विज्ञापनको सप्तरी जिल्लाका सिमित मिडिया तथा न्यूज एजेन्सीले अत्यधिक तथा उदयपुर, ओखलढुंगा, सुनसरी,सिरहा, काठमाडौ लगायतका पत्रपत्रिका तथा कन्टिजेन्सीलाई बढी भुक्तानी दिइएको पाइएको छ ।






