एजेन्सी
दरभंगा, असार १७ । बिहारको सीमावर्ती सहर दरभंगामा अनियन्त्रित ट्रकले ६ जनालाई कुल्चिएको छ । मंगलबार राति अनियन्त्रित ट्रकले आधा दर्जन मानिसहरूलाई कुल्चिए पछि आक्रोशित स्थानीयवासीहरुले पछ्याएर ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
आक्रोशित भीडले चालकमाथि हातपात समेत गरेका थिए । घटना पछि विग्रिएको स्थितमा नियन्त्रणमा लिन दरभंगाका पाँच प्रहरी चौकीका प्रहरीलाई हम्मे हम्मे परेको थियो । लामो प्रयास पछि प्रहरीले चालकलाई भीडबाट आफनो नियन्त्रणमा लिएका छन ।
दरभंगा टावरबाट तीव्र गतिमा किलाघाट तर्फ आउदै गरेको ट्रकले भेट्ने जो कोहीलाई पनि कुल्चँदै तीव्र गतिमा भाग्न खोजेको थियो ।
यसैबीच, दर्जनौं मानिसहरू बाइकमा ट्रकलाई पछ्याइरहेका थिए । दारुभट्टी चौकमा पुग्ने बित्तिकै, ट्रक अचानक रहमगंज तर्फ दौडन खोज्यो । तर, रहमगंज नजिकै सडकमा पहिले नै पार्क गरिएको गाडीको कारण ट्रक अड्कियो ।
त्यतिबेलासम्म यसलाई पछ्याइरहेका दर्जनौं मानिसहरू त्यहाँ पुगे। मानिसहरूले चालकलाई ट्रकबाट ताने। यसपछि, तिनीहरूले उनलाई निर्मम कुटपिट गर्न थाले। ट्रकमा क्षति पुगेको छ।
केही क्षणमै शहरका लहेरियासराय, नगर कोतवाली, बेन्टा, विश्वविद्यालय आदि प्रहरी चौकीका प्रहरी त्यहाँ पुगे। यसपछि प्रहरीले भीडबाट चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ।
प्रहरीले चालकलाई डीएमसीएचमा भर्ना गरेको छ। अर्कोतर्फ, ट्रकबाट घाइते भएका केहीलाई डीएमसीएच र केहीलाई निजी अस्पतालमा भर्ना गरिएको छ।
सदर एसडीपीओ राजीव कुमारले भने कि ट्रकबाट दुई–तीन जना गम्भीर घाइते भएका छन् । सबैको डीएमसीएचमा उपचार भइरहेको छ । चालकलाई पनि प्रहरी हिरासतमा भर्ना गरिएको छ। थप कारबाही भइरहेको छ।
पक्राउ परेको चालक भागलपुरको नारायणपुरका ३० वर्षीय सौरभ कुमार र सोही ठाँउका खलासी २५ वर्षीय सुरज कुमार हुन । प्रहरीले दुवैलाई रहमगंजबाट डीएमसीएच इमर्जेन्सीमा ल्याएको छ जहाँ उनीहरूको उपचार भइरहेको छ।




