गरुडा नगर प्रमुख जयसवालले बाँडे २२ जना छात्राहरुलाई साइकल



ओम प्रकाश यादव
रौतहट, असार १९ । रौतहटको गरुडा नगरपालिका –४ नमुना माध्यमिक विद्यालय गरुडामा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ।

गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल ले आज एक कार्यक्रमबीच नमुना माध्यमिक विद्यालय गरुडामा अध्ययनरत कक्षा ८ का २२ जना छात्राहरुलाई साइकल वितरण गरेका हुन् ।

साइकलको अभावमा विद्यालय आउजाउ गर्न कुनै कठिनाई नहोस्, समयमै विद्यालय पुग्न सहोज होस भन्ने उद्देश्यले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई मेयर जयसवालले साईकल प्रदान गरेका हुन् ।

विद्यालयमा दैनिक आउजाउ गर्न कठिन हुने विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको नगर प्रमुख जयसवाल ले बताए ।

साईकल वितरण कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास र नियमित उपस्थिति बढाउने विश्वास लिएको उनले बताए।

शिक्षा क्षेत्रमा पहुँच, गुणस्तर र अवसरको सुनिश्चितताका लागि गरुडा नगरपालिका निरन्तर प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरे।

गरुडा नगरपालिकाले बिद्यालयमा विद्यार्थीको पहुँच बहाउने र विद्यालय बाहिर रहेको विद्यार्थीलाई विद्यालय प्रति आकर्षण बढाउने उद्देश्यले नगरपालिकाको विद्यालयहरूमा साइकल वितरण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडी बढाएको छ।

अहिलेसम्म नगरपालिकाले विभिन्न विद्यालयमा गरी १ सय ११ जना छात्रालाई साइकल वितरण गरिसकेको र अरू छात्राहरूलाई पनि साइकल वितरण गर्ने कार्य जारी नै राखेको मेयर कन्थमनी प्रसाद जयसवालले बताए ।

साइकल पाएपछि विद्यार्थीहरू निकै उत्साहित भएका छन्।

प्रकाशित मिति: २०८२ असार १९, बिहिवार १६:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको