मधेश प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै, बैठक भोली सम्मको लागि स्थगित



जनकपुरधाम, असार २३ । मधेश प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै रहेको छ । अगामी आ.व.का लागि प्रस्तुत बजेट प्रदेशको हित विपरित रहेको भन्दै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल सहितका विपक्षीदलहरुले सदन अवरुद्ध गर्दै आएको छ ।

सरकारले ल्याएको बजेटमा बिचौलिया हावी भएको, अनुत्पादक क्षेत्रमा बढी बजेट विनियोजन भएको जस्ता आरोप लगाउदै विपक्षीदलहरुले बैठक चल्न दिएको छैन ।

उनिहरुले बजेटको पुनर्लेखन नभए सम्म सदन चल्न नदिने बताएका छन । बैठक शुरु हुन साथ प्रमुख प्रतिपक्ष दलका प्रदेश सभासदस्य सुरिता साह, नेकपा माओवादीका सुनिता यादव , नेकपा एकीकृत समाजवादीका बेची लुङगेली र संघीय समाजवादी पार्टीका बिमला अन्सारीले बजेट संघीयता र प्रदेश विरोधी रहेको भन्दै पुर्नलेखन नभए सम्म प्रतिपक्षीको अवरोध जारी रहने बताए ।

प्रतिपक्षीदलका सदस्यहरु बैठकमा उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले भोली मंगलवार सम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

हिजो बसेको बैठक समेत प्रतिपक्षीदलहरुको अवरोध पछि स्थगित भएको थियो ।

प्रकाशित मिति: २०८२ असार २३, सोमवार १५:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको