एजेन्सी, असार २९ । गाजामा इजारायली आक्रमण जारी छ । इजरायली सैनिकहरूको आक्रमणमा परि खाना लिन जादै गरेका २४ प्यालेस्टिनीहरू मारिएका छन । भने दर्जनौं घाइते भएका छन् । रफाह शहरमा खाना खाद्यान्न सामग्री वितरण गर्ने अमेरिकी संस्था जीएचएफको केन्द्रतर्फ खाना लिन जादै गरेको बेला २४ प्यालेस्टिनीहरू मारिएका हुन।
शुक्रबार मात्र संयुक्त राष्ट्र संघले गाजामा खाद्यान्न सामग्री लिन आएका मानिसहरूमाथि गोली चलाइएको घटनामा ७९८ महिला, पुरुष र बालबालिकाको मृत्यु भएको जानकारी दिएको थियो । यी बाहेक शनिबार गाजामा इजरायली सेनाले गरेको अन्य आक्रमणमा २८ जनाको मृत्यु भएको छ ।
गाजामा युद्धविरामको प्रयासको बीचमा, इजरायली सेनाको आक्रमण जारी छ। शनिबार हवाई आक्रमणमा चार बालबालिका सहित २८ जनाको मृत्यु भएको बताइएको छ। देइर अल–बलाह शहरमा १३ जनाको मृत्यु भएको छ भने खान युनिसमा १५ जनाको मृत्यु भएको छ।
इजरायली सेनाले दुई दिनमा लगभग २५० स्थानहरूलाई लक्षित गरेको बताएको छ। हमासले इजरायली सेनामाथि आक्रमण गर्न यी स्थानहरू प्रयोग गरेको र ती मध्ये केही स्थानमा लडाकुहरू लुकेर बसेको इजरायलले दावी गरेको छ ।
इजरायली आक्रमणमा हालसम्म ५७ हजारभन्दा बढी मानिसहरू मारिएका छन्
अक्टोबर ७, २०२३ देखि गाजामा इजरायली आक्रमणमा हालसम्म ५७ हजारभन्दा बढी मानिसहरू मारिएका छन्। त्यसअघि हमासले इजरायली शहरहरूमा आक्रमण गरेर लगभग १,२०० मानिसहरूलाई मारेको थियो र २५१ जनालाई जबरजस्ती गाजामा ल्याएको थियो र बन्धक बनाएको थियो।






