बागमती प्रदेशका चार मन्त्रीहरुको राजिनामा, मुख्यमन्त्री परिवर्तनको संकेत



हेटौंडा, साउन ९ । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा पठाएका हुन् । विविध कारणले जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले आजकै मितिदेखि लागू हुनेगरी राजीनामा दिएको उल्लेख छ ।

प्राप्त जानकारी अनुसार इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाउन मन्त्रीहरुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । बानियाँले लामाविरुद्ध अविश्वासको प्रस्ताव हालेर दलको नेता बन्न खाजेका हुन् ।

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार १६:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको