रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डरमा रविन्द्र ढाँट



काठमाडौं ,भादौ २१ । नेपाली मिक्स्ड मार्शल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनले रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डरको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा ढाँटले रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसले ब्राण्ड एम्बेस्डरमा आफूलाई चुनेकोमा खुसी व्यक्त गर्दै एजुकेशन सर्भिसलाई धन्यवाद दिए ।

यता एजुकेशन सर्भिसेसले पनि भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेर इतिहास रच्न सफल ढाँटलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गर्न पाउँदा हर्षित भएको जनाएको छ ।

 

प्रकाशित मिति: २०८२ भाद्र २१, शनिबार १३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको