प्रहरीको निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेनजी



काठमाडौं ,भादौ २३ । भ्रष्टाचार विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

उनीहरूले नेपाल प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । आन्दोलन क्षेत्रमा रहेका नेपाल न्युज बैंककर्मीका अनुसार आन्दोलनकर्मीहरु संसद भवनको गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

भित्र प्रवेश गर्ने क्रममा आन्दोलनकर्मीहरुले संसद् भवनको गेट समेत भत्काएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिरहेको छ ।

 

 

 

 

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार १३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको