चितवन कारागारबाट फरार कैदी पक्राउ



चितवन, भदौ ३१ । चितवन कारागारबाट फरार भई बर्दियामा आएका एक कैदीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको छ ।

जेनजी आन्दोलन पछि फरार भएका उनलाई आफ्नै घरमा लुकिछिपि बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।



बर्दिया जिल्लाको बढैयाताल गाऊपालिका मा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिनु भयो ।

आफ्नै छोरी लाई जवरजस्ती करणी आरोप मा बर्दिया जिल्ला अदालत बाट २१ वर्ष कैद सजाय तोकिएको थियो । उनलले हाल  सम्म र निजले ८ वर्ष कैद भुक्तान गरेको देखिन्छ । उनलाई आवश्यक कारवाहीका लागि कारागार पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार ०९:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको