काठमाडौं , असोज ३० । मधेश प्रदेशको चौथो मुख्यमन्त्री को रुपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई पद तथा गोपनियताका शपथ गराएकी हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न ६ दलको समर्थनमा सोनालाई प्रदेश प्रमुख भण्डारीले बुधबार नै मुख्यमन्त्रीको रूपमा नियुक्त गरेको गरेकी थिइन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा सपथ लिएका छन् ।
मुख्यमन्त्रीको शपथ ग्रहणपश्चात दुई जना बिनाविभागीय मन्त्रीलाई समेत शपथ गराइएको छ । शपथ लिनेमा जनमत पार्टीबाट मन्त्री बनेका महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कनिश पटेल रहेका छन् । मन्त्रीद्वयलाई तत्काल कुनै जिम्मेवारी तोकिएको छैन ।
जसपा नेपाल र नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको लागि नमावली नपठाएको तत्काल ती पार्टीबाट सरकारमा सहभागिता गराइएको छैन् ।
शपथ ग्रहण कार्यक्रममा सभामुख रामचन्द्र मण्डलसँगै नेपाली कांग्रेसका नेताहरू उपस्थित भएनन् ।






