काठमाडौं, मंसिर १ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र विवादास्पद शपथसम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ। आइतवारको लागि तोकिएको सुनुवाईमा विपक्षी मध्ये दुईजनाको म्याद बाँकी रहेको भन्दै सर्वोच्च अदालत सुनुवाई आजको लागि सारेको थियो ।
तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलको राजिनामा पछि प्रदेश प्रमुखले ठुलो दलको हैसियतमाल एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेशको राजनीति तनाव ग्रस्त बनेको छ । यादवको नियुक्ती असंवैधानिक रहेको भन्दै सात दलका ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा रिट दायर गर्दै सडक आन्दोलन समेत गर्दै आएका छन ।
सांसदको रिटमा आज हुने सुनुवाई निकास दिने आंकलन गरिएको छ ।
विवादको मूल कारण तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले असामान्य ढंगले—महोत्तरी–सिन्धुली सिमा क्षेत्र, बर्दिबास नगरपालिका–३ कालापानीस्थित पानस होटलमा पुगेर सरोजकुमार यादवलाई मुख्यमन्त्री पदको शपथ दिलाएको घटना बनेको छ। संवैधानिक अभ्यास विपरीत भएको भन्दै उक्त कदमलाई विभिन्न दल तथा कानुनविद्हरूले आलोचना गरेका छन्।
अब हुने सुनुवाइलाई मधेश प्रदेशको राजनीतिक भविष्य र सरकारको वैधतामाथि निर्णायक असर पार्ने महत्वपूर्ण दिनका रूपमा हेरिएको छ।






