गोवाको नाइट क्लबमा सिलिन्डर पड्किँदा भीषण आगलागी, २३ जनाको मृत्यु



काठमाडौँ , मंसिर २१ । गोवा, भारत – शनिबार राति उत्तर गोवाको अर्पोरा क्षेत्रमा एक नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगो सिलिन्डर विस्फोटका कारण लागेको हो।

घटनामा परेकामध्ये अधिकांश मृतकहरू क्लबका कर्मचारी रहेका छन् भने तीन महिला पनि ज्यान गुमाएकामा परेका छन्। केही पर्यटक पनि यस दुर्घटनामा प्रभावित भएका छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकहरूको परिवारलाई शोक व्यक्त गर्दै केही मृतकहरू नाइट क्लबका भान्से कर्मचारी रहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, र राष्ट्रपति द्रौपदी मर्मुले घटनामा शोक व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले ट्वीट गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्री कार्यालयले मृतक र घाइतेका परिवारलाई आर्थिक सहयोग दिने घोषणा गरेको छ। मृतकको परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेलाई ५०–५० हजार रुपैयाँ राहत प्रदान गरिनेछ।

प्रकाशित मिति: २०८२ मंसिर २२, आइतवार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको