राप्रपा केन्द्रीय कार्यालयमा सरकारी टोलीको अनुगमन



काठमाडौँ , पुस  ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा सरकारी टोलीले अनुगमन गरेको छ। निर्वाचनको वातावरण सहज बनाउन सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले बुधबार राप्रपा कार्यालय पुगेर अनुगमन तथा अन्तरक्रिया गरेको हो।

अनुगमन टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए। टोलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले कार्यालय परिसरमा स्वागत गरेका थिए।

सरकारी टोलीले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्यालयमा समेत अनुगमन गरिसकेको छ। सरकारका अनुसार राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद गर्दै निर्वाचनको माहोल शान्त, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले यस्तो अनुगमन सुरु गरिएको हो।

अनुगमनका क्रममा दलका नेताहरूसँग समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी र सहकार्यका विषयमा छलफल गरिएको जनाइएको छ। राजनीतिक संवाद समितिले सबै प्रमुख दलसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम अगाडि बढाएको छ।

प्रकाशित मिति: २०८२ पुष ९, बुधबार १३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको