डुबेर मृत्यु भएका युवा ४ घण्टाको प्रयास पछि फेला पर्‍यो



सप्तरी, फागुन २६ । सप्तरी सदरमुकाम राजविराजमा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको एक साता न वित्दै पुन अर्का एक युवाको मंगलवार पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका ४ का २५ वर्षिय बौवा भन्ने गजेन्द्र दास छन । विहान ७ बजे तीर राजविराज ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।



दुई पल्ट माछा मारेर बाहिर निस्केका उनी तेश्रो पटक पुनः माछा मार्न पोखरीमा पसेका थिए । तेश्रो पटक माछा मार्ने क्रममा अचानक उनी डुबेको स्थानीयवासी संतोष थापाले बताए ।

बजारको मुटुमा रहेको सो पोखरीमा माछा मार्ने क्रममा एक युवा डुबेको खबर पाएपछि पुगेको यहाँ स्थित नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सूरु गरेको थियो ।

करिब ४ घण्टाको प्रयास पछि उनको मृत शरिर सेनाले फेला पारेको छ । मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिह पठाई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पोखरीमा माछा मार्न गएका एक युवा डुबेको खबर सुनेपछी स्थानीयवासीको ठुलो भीड जम्मा भएको थियो ।

चार दिन अघि फागुन २२ गते राजविराज कै वडा नं. ७ स्थित तुरन्ती पोखरीमा १८ वर्षिय अंगद कुमार मेहतरको डुबेर मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार १६:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको