राष्ट्रपतिद्वारा ओलीप्रति समवेदना व्यक्त



काठमाडौँ, चैत ३ । रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका केपी शर्मा ओली प्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेल आज भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर उहाँसँगै शोकाकूल परिवारका सदस्यहरूसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको हो।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली को ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो।

प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार १३:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको