जनकपुरधाम, चैत ५ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहना गत फागुन १३ गते भएको हसिना खानको शंकास्पद मृत्यु प्रकरणमा न्यायको माग गर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषाको मुलद्वारमा प्रदर्शन गरेको छ ।
मृतक खातुनको माइती पक्ष सहित अधिकारकर्मीहरुको टोलीले आज प्रदर्शन गर्दै घटनाको थप दोषीहरुलाई पक्राउ गर्न मांग गरेको छ ।
गत फागुन १३ गते खातुन लोहना स्थित आफनै निवासमा मृत फेला परेका थिए । मृतकको ससुराल पक्षले खातुन पासो हाली आत्म हत्या गरेको दावी गर्दै आएका भने माइति पक्षले दाइजो र अन्य केटी संग अनैतिक सम्बन्ध रहेको कारण हत्या गरेको दावी गर्दै आएका छन ।
मृतक खातुनकी भाउजु लिखत प्रविणले आफनो ननद लाई श्रीमान शहनवाज शेष (मुन्ना), उनकी आम र बहिनीले हत्या गरेको आरोप लगाएकी छन ।
२ वर्ष अघि ८ लाख खर्च गरि ननदको विहे गरेको दावी गर्दै भाउजु प्रविणले पटक पटक थप रकम माइती बाट ल्याउन दवाव दिदै आएको दावी समेत गरिन । उनले मुन्नाको अन्य केटी संग अनैतिक सम्बन्ध रहेको कारण अर्को विहे गर्न आफनो ननदको हत्या गरेको आरोप लगाएकी छन ।
प्रहरीले घटनाको छानविन गर्न भन्दै मृतकका श्रीमान मुन्नलाई रिहासतमा लिई अनुसन्धान अघि बढाएको छ । तर पीडित पक्षले भने मृतकको सासु र ननदलाई समेत पक्राउ गर्न दवाव दिदै आएको छ ।






