जेन-जी आन्दोलनका घाइतेहरु आमरण अनशनमा



झापा, भदौ ३१। झापाको बिर्तामोडमा जेन–जी आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति तथा जीवनयापनको व्यवस्था माग गर्दै आमरण अनशन सुरु गरेका छन्।

आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवारले बुधबारदेखि बिर्तामोडमा आमरण अनशन थालेका हुन्। उनको मागप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका अन्य घाइतेसमेत अनशनमा सहभागी भएका छन्।

अनशनरत दनुवारले आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क तथा गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने र उपचारमा अहिलेसम्म भएको खर्च राज्यले बेहोर्नुपर्ने माग गरेका छन्। उनले घाइतेलाई उचित क्षतिपूर्ति दिनुका साथै दीर्घकालीन जीवनयापनको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

त्यस्तै, घाइते तथा उनीहरूका परिवार र सहिद परिवारका बालबालिकालाई निःशुल्क शिक्षा, सार्वजनिक यातायातमा घाइतेलाई विशेष छुट तथा घाइते र सहिद परिवारका माग सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग गरिएको छ।

जेन–जी आन्दोलनलाई राजनीतिक दलको सरकार निर्माणका लागि मात्र प्रयोग गरिएको भन्दै अनशनकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

उनीहरूका अनुसार झापामा जेन–जी आन्दोलनका क्रममा १०० भन्दा बढी व्यक्ति घाइते भए पनि हालसम्म ४३ जनाले मात्र घाइते परिचयपत्र पाएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको