जसपामा प्रवेशको लहर, महतोलाई झट्का



जनकपुरधाम । जनता समाजवादी पार्टीमा प्रवेशको लहर चलेको छ । आज र भोली दुई दिन धनुषा निर्वाचन क्षेत्रमा ठूलो संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता जसपामा प्रवेश गर्दैछन् ।

आज धनुषा निर्वाचन क्षेत्र नं. ३ को मुखियापट्ट मुसहरनिया गाउँपालिकामा प्रवेश कार्यक्रम राखिएको छ भने भोली जनकपुरधाममा चर्चित युवा धर्मेन्द्र साह सहित सयौं जना लोसपा परित्याग गरि पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।



पार्टीमा प्रवेश गराउनकालागि हिजै पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आईपुगेका छन् भने आज हुने पार्टी प्रवेश कार्यक्रमको अन्तिम तयारी भई सकेको जनाइएको छ । भोली जनकपुरधाममा हुने प्रवेश कार्यक्रमको पनि अन्तिम तयारी भई सकेको जनाइएको छ ।

युवा नेता धर्मेन्द्र साह लोसपा परित्याग गरि भोली जनकपुरधाममा हुने कार्यक्रममा जसपामा प्रवेश गर्ने भएको छ । उनी लगायत जनकपुरधामका सयौं युवा जसपामा जाने जनाइएको छ । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा विमलेन्द्र निधिलाई पराजित गर्दै लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो विजयी भएका र उनको विजयीमा धर्मेन्द्र ठूलो कडि रहेको बताइन्छ ।

उनी लोसपा परित्याग गर्दा महतोलाई ठूलो नोक्सानी हुन सक्ने अनुमान गरिएको छ । लोसपामा महतो नजिक मानिएका धर्मेन्द्रले पार्टी परित्याग गर्दा धनुषा निर्वाचन क्षेत्र नम्वर ३को राजनीतिक समीकरण फेरिने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०७८ माघ २, आईतवार १२:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको