काठमाडौं । काठमाडौँ क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार २५ हजार छ सय २३ मतगणना हँुदा कांग्रेसका केसीले सात हजार छ सय २४ मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा ९एमाले० का हिमेश केसीले चार हजार आठ सय ५८ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार छ सय ६० मत प्राप्त गर्नुभएको छ ।
नेकपा ९माओवादी० केन्द्रका उम्मेदवार अञ्जना विसंखेले दुई हजार चार सय ८१ मत प्राप्त गर्नुभएको छ । जम्मा खसेको ५३ हजार छ सय ४५ मतमध्ये २५ हजार छ सय २५ गणना भएको छ । बाँकी २८ हजार २२ मतगणना जारी रहेको छ ।

प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलवार १८:०६







