सर्लाहीमा मोटरसाईकल जुध्दा दुईजना चालकको मृत्यु



ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका(१२ अन्तर्गत पूर्व(पश्चिम राजमार्गको बाँके जंगलखण्डमा दुईवटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुईवटै मोटरसाईकलका चालकको मृत्यु भएको छ ।

सोमबार साँढे ६ बजे प्रदेश नं।२(०३(००४ प। ७८८४ नम्बरको मोटरसाईकल र ज। ११ प ८१० नम्बरको मोटरसाईकल एक(आपसमा ठक्कर खाँदा दुबै मोटरसाईकल चालकको मृत्यु भएको हो । दुर्घटनामा परेर प्रदेश नं।२(०३(००४ प। ७८८४ मोटरसाईकलका चालक कलैया उपमहानपा(१६ निवासी ४५ वर्षीय कन्हाई चौधरी र ज। ११ प ८१० नम्बर मोटरसाईकल चालक महोत्तरी जिल्ला बर्दिवास नपा(६ निवासी २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

दुर्घटनामा परि प्रदेश नं। २(०३(००४ प ७८८४ मोटरसाईकल पछाडी सवार बाराको कलैया उमनपा(३, ब्रम्हपुरी निवासी ३२ वर्षीय अजय कुमार पटेललाई प्रादेशिक अस्पताल मलगंवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विरगंज तर्फ पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै ज। ११ प ८१० मोटरसाईकलको पछाडी सवार महोत्तरी जिल्ला बर्दिवास नपा(६ निवासी २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीय युवराज राईको भने त्रिदेव हेल्थ केयर रानीगंजमा उपचार भईरहेको छ । दुर्घटनाबारे गम्भीर ढंगले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलवार १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको