प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेट, फिल्म र सांस्कृतिक विषयमा कुराकानी



काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका हुन् । भेटमा गायिका तथा प्रचण्डकी नातिनी स्मिता दाहाल पनि उपस्थित थिइन् । प्रचण्डसँगको भेटमा ओबरायले ढाकाटोपी लगाएका थिए ।
प्रचण्डका प्रेस सल्लाहकार सूर्यकिरणका अनुसार भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको थियो । पाका बलिउड अभिनेता समेत रहेका सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएका थिए ।

सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको भन्दै उनको प्रशंसा गरेका थिए । भेटमा सुरेश र विवेकले नेपालको खाना, संस्कृति र प्राकृतिक सौन्दर्यको बयान प्रचण्डसामु गरेका थिए । प्रचण्डले ओबराय परिवारको नेपाल बसाइको कामना गरेका थिए ।
अपरान्ह ४ बजेतिर भएको भेट ओबराय परिवारको इच्छाअनुसार भएको सूर्यकिरणले अनलाइनखबरलाई जानकारी दिए । ओबराय परिवार भोलि ९शुक्रबार० पोखरा घुम्न जाने कार्यक्रम छ ।

 

 

 

प्रकाशित मिति: २०७९ मंसिर २९, बिहीबार १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको