अल्भारेज अर्जेन्टिनाका लागि कसरी मुख्य खेलाडी बन्दैछन् रु



काठमाडौं । क्रोएसियाविरुद्ध २ गोल गर्दै टिमलाई विश्वकपको फाइनलमा पुर्‍याएपछि अर्जेन्टिनी सुपरस्टार कप्तान लियोनल मेस्सीले आफ्ना २२ वर्षीय स्ट्राइकर जुलियन अल्भारेजलाई ‘अद्भुत’ र ‘असाधारण’ भनेका थिए ।

म्यानचेष्टर सिटीबाट प्रिमियर लिग खेल्ने अल्भारेजले विश्वकपमा चार गोल गरिसकेका छन् । उनी सर्वाधिक गोल गर्ने मेसी र केलिएन एमबाप्पेभन्दा एक गोलले पछि छन् ।
अर्जेन्टिनाले सन् १९८६ मा पछिल्लो पटक विश्वकप जितेको थियो । ३६ वर्षपछि विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिना आइतबार फ्रान्ससँग खेल्दैछ ।



‘कसैले पनि सोचेका थिएनन् कि अल्भारेजले खेल्नेछन् र उनको भूमिका यति महत्वपूर्ण छ भनेर,’ मेस्सीले भने, ‘जुन सहयोग उनले हामीलाई दिएका छन्, त्यो साँच्चै अद्भूत छ ।

आफ्नो अन्तिम विश्वकप भनेर खेलिरहेका ३५ वर्षीय मेस्सी कतारमा उत्कृष्ट प्रदर्शन गर्दै समाचारको हेडलाइनमा हावी बनिरहेका छन् ।

उनले जारी विश्वकपमा अर्जेन्टिनाले गरेको १२ मध्ये ५ गोल गर्नुका साथै ३ असिस्ट समेत गरेका छन् । अल्भारेजको योगदानलाई पनि सहयोग गरिरहेका छन् ।

युवा स्ट्राइकरले यस विश्वकपमा अर्जेन्टिनाका लागि प्रमुख रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको थिएन ।

उनले साउदी अरेबियासँगको हार र मेक्सिकोमाथिको जितमा मात्र वैकल्पिक खेलाडीको रुपमा उपस्थिति देखाए । प्रशिक्षक लियोनेल स्कालोनीले सुरुमा इन्टर मिलानका लाउटारो मार्टिनेजलाई प्राथमिकता दिएका थिए ।

त्यसपछि अल्भारेजले चार खेलमा सुरुवाती रोजाईमा खेले । सेमिफाइनलमा क्रोएसिया विरुद्ध ३९० को जितमा अल्भारेजले आफ्नो प्रभावशाली प्रदर्शन गरे । उनलाई फल पछि मेसीले पेनाल्टीमा गोल गरे । त्यसपछि अल्भारेजआफैंले बाँकी दुई गोल गरे ।

‘पूरै विश्वकपमा, तर मंगलबार पनि उनी असाधारण थिए,’ मेस्सीले थपे, ‘उनले सबै काम गरे । अवसरहरू सिर्जना गर्नेदेखि सबै कुराको लागि लडे । हाम्रो लागि उनी अचम्मको खोज हुन् । उनी यो सफलताका हकदार छन् किनभने उनी एक मायालु केटा हुन् ।’

 

प्रकाशित मिति: २०७९ पुष १, शुक्रबार १६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको