प्रधानमन्त्री प्रचण्ड आइपुगे विराटनगर



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० विराटनगर आइपुगेका छन् । प्रचण्ड बिहीबार विराटनगर–१ मा रहेको कान्छी छोरी गंगा दाहालको घरमा बस्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि बिहान १० बजे सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने, दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्ने र विराटनगरमा शुक्रबारदेखि सुरु हुने विराट एक्स्पोको उद्घाटन समारोहमा सहभागी हुने बताइएको छ ।



आर्थिक सिथिलतालाई चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेला आयोजना हुन लागेको हो । विराटनगर–२ स्थित शंकरपुर मार्गमासुरु हुने ‘टे«ड एक्स्पो–२०२३’ मेला १६ गतेसम्म चल्ने छ । एक्स्पोमा स्वदेश र विदेशका समेत गरी कुल २४० वटा स्टल रहने छ ।

प्रकाशित मिति: २०८० पुष ५, बिहीबार १९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको