सरकारले राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि थप १० लाख रूपैयाँ उपलब्ध गरायो



काठमाडौँ । राष्ट्रपतिको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रूपैयाँ उपलब्ध गराएको छ। २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ।

अर्थ मन्त्रालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमी तथा सुविधासम्बन्धी ऐन २०७४ अनुसार यो रकम उपलब्ध गराएको जनाएको छ। अर्थ मन्त्रालययबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ।



गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रूपैयाँ सरकारले उपलब्ध गराएको थियो।त्यस्तै, सरकारले हमास समूहको आक्रमणमा परी निधन भएकाका परिवारलाई प्रतिपरिवार दश लाखको दरले एक करोड निकासा गरेको छ।

प्रकाशित मिति: २०८० पुष ५, बिहीबार १७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको