बर्दियामा बाघको आक्रमणबाट एक जना बालकको मृत्यु



बर्दिया । बर्दियामा बाघको आक्रमणबाट शनिबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका(४ बैरिया बस्ने रामशंकर थारुका अन्दाजी १०र११ वर्षका छोरा सुमित थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार बालक बबई नदीमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो । उनलाई उपचारको लागि आर।सी। थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको अर्यालको भनाई छ ।



प्रकाशित मिति: २०८० पुष ७, शनिबार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको