पूर्वमिस नेपाल श्रेष्ठले गरिन् इन्गेजमेन्ट



काठमाडौँ । पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले प्रेमी सशांकलाल श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छन् ।उनले बिहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेकी हुन् । उनले इन्स्टाग्राममा भिडियो जारी गर्दै आफू इन्गेज भएको जानकारी दिएकी छन् ।

उनले लेखेकी छन्, ‘उसले प्रस्ताव राख्यो, मैले स्वीकारें । हामीले इन्गेजमेन्ट गर्‍यौं ।’ उनको उक्त भिडियोमा मिस नेपालहरुलगायतका सेलिब्रेटीहरुले बधाई दिएका छन् । अश्मी र सशांकलाल एक वर्ष यता प्रेम सम्बन्धमा रहेको बताइएको छ ।



प्रकाशित मिति: २०८० पुष २०, शुक्रबार १३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको