प्रेम चन्द्र झा
२०४२ सालमा राजतन्त्र विरोधी रहेको भन्दै जनकपुरधाम बाट बेपत्ता पारिएका डा. लक्ष्मी नारायण झा आज हाम्रो माझ भएको भए हामी जन्म जयन्ति मनाइ रहेका हुन्थ्यौ । नगराइन नपा वडा नं ७ ,देवडिहामा २००६ माघ २२ गते जन्मनु भएका डा.लक्ष्मी नारायण अझै सम्म सरकारद्वारा लुकाइएकै छन ।
डा झा लाई २०४२ अषाढ १४ गते दन मुरली चौक स्थित आफ्नै डेराबाट समातिएको थियो ।
उनलाई समात्न तत्कालीन एस पि नरायण सिंह लगायत १५ जना प्रहरीको टोली उनको डेराको वरिपरी घेरा हालेको थियो । उनी कोठामा आराम गर्दै थिए , कोठामै पसेर एस पि सिंघले बोलाएर बाहिर ल्याए अनि प्रहरीले समातेर डि एस पि अफिसमा लगेको गवाह उनका कान्छा भाइ अशोक कुमार झा बताउछन ।
१५ दिनसम्म कान्छो भाइ अशोक लगायत केही गाउलेहरु समेत डा झालाई डि एस पि अफिसको थुनामा भेटेका थिए तर १६ दिन पुग्दा प्रहरीले उनलाई काठमाडौ को हनुमान ढोका लगिएको जानकारी गराए ।
हनुमान ढोकाको थुनामा डा झालाई भेटन उन्कै कान्छो काका ई कुशेश्वर झा पुगे तर उनलाई अनुहार मात्रै देखाइयो , कुरोकानी गर्न दिइएन । कुशेश्वर झा २÷३ दिन भेट्न गए तर पछि भेट्न समेत दिइएन ,उनी बताउछन । आखिर हनुमानढोका बाट कता लगियो डा झा लाई किन बेपत्ता पारोयो ? यति तत्कालीन पंचायत सरकारले बेपत्ता नै पारे भने २०४६ पछिको लोकतान्त्रिक सरकारले किन सार्वजनिक गरेन ? अरु बमकाण्डका दोषीहरुलाई जेलमुक्त गर्दापनि उनलाई किन सार्वजनिक गरिएन ? थुप्रै अनुत्तरित प्रश्नहरु छ । के २०४१ सालको बम काण्ड डा झाको इशारामा भएको थियो ? यदि उनी दोषी थिए भने ३६ बर्ष सम्म किन उनको बारेमा बोल्दैन ,सरकारहरु मौन छ ?
के उनी पंचायत र राजतन्त्र बिरोधी हुनु को कारण बेपत्ता पारिए ?
यदि सरकार यो स्वीकार गर्छ भने उनलाई अरु लोकतान्त्रिक सहिद घोषणा गरोस । अहिंसावादी डा झा को खोजी गर्न उनकै गाउले हरुले डा एल एन झा खोजी संघर्ष समिती गठन गरेको छ । चाडै डा झाको सत्यतथ्य सार्वजनिक होस ।
डाक्टर झा आफ्नो मेडिकल अध्ययन सके लगत्तै नेपाल फर्केर आफ्नो पैत्रिक गाउँ देवडिहामा नै मेडिकल सेन्टर स्थापना गरेका थिए । जहाँ सबैको निशुल्क उपचार गरिन्थ्यो । समाजसेवाकै क्रममा जमुनी कटहा सिचाई योजना शुरु गर्न केही युवा लिएर कुलो खन्ने काम शुरुआत गरेका झालाई बिपक्षी (तत्कालीन राजावादी) समुहले मरणासन्न हुने गरि कुटेको सुनाउछन उनका सहयोगी मोदानन्द झा । मेडिकल साइन्सका विद्यार्थी रहेका झा धर्ममा पनि उत्तिकै आस्था राख्ने गरेका थिए जसको उदाहरण हो कि उनिसंग जाँच गराउने सबैलाई एकथान हनुमान चालिसा उपहार दिने गर्थे । गाउमा सहस्रचण्डी यज्ञ गराउनु ,जनकपुरधामको रामानन्द चौकमा विश्वकै सबैभन्दा ठूलो बादर राखेका थिए जुन बादरको नाम पछि विश्व गिनिज बुकमा समेत राखियो । आस्था र बिज्ञानका संगम रहेका डाक्टर झा समाजका लागि सधै लडि रहे तर यो कुरो तत्कालीन पंचायत शासकलाई स्विकार भएन र उनलाई बेपत्ता पारे र अझैसम्म त्यसको खोजबिन भएको छैन आज उनी वेपत्ता भएको ३९ बर्ष हुदा समेत केही सुईको लागेको छैन । हनुमानका भक्त डाक्टर झा कहिलेपनी बिहा नगर्ने निधो बचपन मै गरेका थिए र त्यो पूरा पनि गरे ।
आज उनी जिवित छन भने उनको उमेर ७६ बर्ष पुगेकोमा उनको जन्मदिनको शुभकामना ।
डाक्टर झा गाउमा बस्दा भन्ने गरेका थिए राजा बाणाशुरको संतान हो र यसको वंश नाश हुन्छ र त्यस्तै भयो पनि यश अर्थमा उनी भविष्यवक्ता समेत रहेको पुष्टि हुन्छ । अचम्भ त यो हो कि उनले २०४० सालमै भनेका थिए कि यो देशबाट राजतन्त्रको अन्त हुनेछ र यो देशमा मधेश बन्ने छ जो आज संघियता संगै पुष्टि भएको छ ,यश अर्थमा उनी संघियतावादी रहेको पुष्टि समेत हुन्छ ।






