जनकपुरधाम, फागुन १४ । जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर लाल किशोर साहले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
महाशिवरात्रिको अवसरमा शुभकामना दिँदै पूर्व मेयर साहले भनेका छन्–‘हामीले मनाउने पर्व र उत्सवहरुले आपसी एकता र सहिष्णुताको भावना अभिवृद्धि गर्ने छ ।’
‘जनकपुरधाम सहित विश्वभरीका हिन्दु धर्मालम्बीहरुले भगवान् शिवको आराधना गरी मनाउने यो पर्वले सबैलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस भन्ने शुभकामना छ,” उनले भनेका छन् ।
उनले प्राचीन मिथिलाको चारै कुनामा रहेका महादेवले सम्पूर्ण जनकपुरधाम सहित विश्वभरिका हिन्दुहरुको कल्यानको कामना समेत गरेका छन् ।






