एनपीएलको तेस्रो संस्करण आजदेखि, प्रधानमन्त्री शाहले उद्घाटन गर्ने



काठमाडौं, कात्तिक ९ । नेपाल प्रिमियर लिग ( एनपीएल ) को तेस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ।

प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको ठूलो खेलकुद उत्सवका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन्।

उनले नेपाली क्रिकेटको विकासमा एनपीएलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने शुभकामना दिएका छन्।

कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतियोगितामा सहभागी छन्।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै घरेलु खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ९, सोमवार ०९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको