मधेश सरकार अतिवाद तर्फ उन्मुख, बाध्यात्मक परिस्थिति सृजना नहोस : काँग्रेस उपसभापति सिंह



जनकपुरधाम, फागुन १८ । नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवं प्रदेश सभा सदस्य बिरेन्द सिंहले जनमत पार्टी नेतृत्वको मधेश सरकार अतिवाद तर्फ उन्मुख भै रहको आरोप लगाएका छन ।

समाजिक संजाल फेसबुकमा लेख्दै मधेश प्रदेशका पूर्व मन्त्री समेत रहेको सिंहले सरकारले आफनो रबैया नसुधारे सत्ता पक्ष भित्र पनि बाध्यात्मक परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिएका छन ।

मधेश टुडे संग कुरा गर्दै उपसभापति सिंहले नेपाली काँग्रेसले प्रदेशमा सुशासन , समृद्धि र विकासको लागि सतिश सिंह नेतृत्वको सरकारलाई समर्थन जनाएपनि सरकार त्यसको ठिक विपरित वेथिति, विकृति विसंगति र भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन ।

मधेश प्रदेश सरकार अतिवाद तर्फ उन्मुख हुदै।

सत्तापक्ष भित्र पनि वाध्यात्मक परिस्थिति सिर्जना हुने अवस्था।

वीरेन्द्र सिंह
उप सभापति
नेपाली कांग्रेस, मधेश प्रदेश

मधेशमा सरकारको अनुभूति हुन नसकेको उल्लेख गर्दै उनले काँग्रेस भित्र व्यापक छलफल हुने बताएका छन ।
उनले मधेश टुडे संग भने, ‘सरकार प्रति आम जनताको वितृष्ण बढदै गएको छ, भोली जनकपुर आउदैछु , पार्टी भित्र सरकारको वेथिति र अतिवाद विरुद्ध ब्यापक छलफल गर्छौ, सरकारलाई सचेत गराउछौ ।’

सरकारले काँग्रेसको आग्रहलाई वेवास्ता गर्ने प्रयास गरे विकल्पको बाटो अपनाउन बाध्य हुने चेतावनी समेत दिएका छन । पछिल्लो केही दिन यता नेपाली काँग्रेस मधेश सरकार प्रति आक्रमक बन्दै गएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १८, आईतवार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको