पुँजीवादी व्यवस्थामा पार्टी फुट्नु स्वभाविक : झलनाथ खनाल



उग्रनारायण झा (अभिनाश)
जनकपुरधाम, फागुन २० । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरेका छन् । उनले सरकारले कुनै पार्टीलाई टारगेट गरेर विभाजन सम्वन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको आरोप लगाए ।

सरकारको दलविभाजन सम्बन्धि विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन ।
जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको बताउँदै अध्यादेशलाई आफ्नो पार्टीले कुनै पनि हालतमा स्वीकार नगर्ने दावी गरे । उनले भने–‘अध्यादेशमा राम्रो कुरा पनि होला नराम्रो कुरा पनि होला, यसको बिषयमा छलफल बहस विभिन्न कोणबाट हुन सक्छ तर जुन परिस्थितिमा सरकारले अध्यादेश ल्याएको हो त्यसलाई उचित मान्न सकिदैन ।

खनालले बामपन्थि एकता आजको आवश्यकता रहेको बताउदै बामपन्थी एकता नभए ८४को आम निर्वाचनमा नेताहरुलाई जनताले चटकन हान्ने बताए ।

उनले व्यक्ति प्रधानभन्दा नीति प्रधानहुनु पर्नेमा जोड दिदै नीति प्रधान भएको खण्डमा बामपन्थि एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे ।

सरकारले संसदबाट पारित गरेको चुच्चे नक्साको फोटो आफनो घरमा नागपंचमीकोृ दिन नागको फोटो टाँसे सरह भएको टिप्पणी गर्दै त्यसको कार्यान्वयनमा सरकार असफल भएको दावी गरे ।

प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको