त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक युवाक पक्राउ



काठमाडौं, फागुन २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवाक कोकिनसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी घर भएका २५ वर्षीय मनिश राई छन् । नेपाल एअरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौं आएका उनी ३ ग्राम २९ मिलिग्राम कोकिनसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको चेकिङ एरियाबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २१, बुधबार १८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको