६ महिना कैद सजाय तोकिएकी महिला पक्राउ



राजविराज, फागुन २५ । लेनदेन बिगो मुद्दामा आदतलबाट कैद सजाय तोकिएर फरार रहेकी एक महिला पक्राउ परेकी छिन् ।

सप्तरी जिल्ला अदालतबाट उक्त मुद्दामा ६ महिना कैद सजाय तोकिएकी सप्तरीको खडक नगरपालिका ५ की ४० वर्षिया सतिदेवी थरुनी पक्राउ परेकी हुन् ।

आइतबार उनलाई गाउँघरमै लुकी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले जानकारी दिए ।

पक्राउ परेका उनलाई आइतबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आईतवार १४:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको