जनमतको केन्द्रीय समिति बैठक बर्दिबासमा जारी



बर्दिबास, फागुन २५ । जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ । आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार सकिने छ ।

महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ । बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा। शरदसिंह यादवले जानकारी दिए ।

यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।

बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए ।

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आइतवार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको