पाँचवटा मुद्दा लागेका अभियुक्त पक्राउ



जनकपुरधाम, फागुन २५ । मानव बेचबिखनसम्बन्धी पाँचवटा मुद्दा लागेका अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-१ का ४१ वर्षीय कमलकुमार न्यौपाने छन्।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाल-भारत सिमानाबाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ परेका न्यौपानेविरूद्ध मानव बेचबिखनका पाँच वटा मुद्दा रहेको र ८ जना पीडित रहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

उनले विदेश पठाइदिन्छु भनेर मानिसहरूसँग मोटो रकम लिएर भारत पुर्‍याउने गरेको पाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए।

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आईतवार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको