बिकृती बिरुद्धको सन्देश बाड्दै होली मिलन समारोह



राजविराज, फागुन २६ । खुल्ला रुपमा मद्यपान, धुम्रपान र लोला हान्ने जस्ता बिृकतीपूर्ण कार्य नगर्न सन्देशसहित सोमबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा होली मिलन समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

नजिकिनै लागेको फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा तराई–मधेश महिला फाउण्डेशन नेपालले उक्त गाउँपालिकाको वडा नं. ६ बभनगामा टोलमा यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा आयोजक संस्थाकी अध्यक्ष सुनिता कुमारी साह “क्रान्ति” ले मौलिक संस्कृति र संस्कारको रक्षाका लागि चाडपर्व मनाइनु पर्छ भन्दै होली पर्व शान्त र मर्यादित रुपमा मनाउन सबैमा अपील गरिन् ।

होली पर्वमा खुल्ला रुपमा मद्यपान, ध्रुमपान र जबरजस्ती रंग दल्ने लगायतका प्रवृती बढ्दै गएको चिन्ता व्यक्त गरेकी उनले समाजमा विकृती फैलाउने खालका यस्ता गतिविधी नगर्न सबैमा आग्रह समेत गरिन् ।

महिला अधिकारकर्मी मञ्जु साहले समाजसमा आपसी सद्भाव, प्रेम, भाइचारा र अपनत्व कायम राख्ने होली पर्वको मुख्य सन्देश रहेको भन्दै यस्तो पर्वको संरक्षणका लागि युवाहरुले अनुशासन देखाउनु पर्नेमा जोड दिइन् ।

सो अवसरमा फाउण्डेशनकी अध्यक्ष साहले होली पर्वको सन्देश अंकित टि–सर्टहरु कार्यक्रममा सहभागि चार दर्जन भन्दा बढीलाई बितरण गरेकी थिइन् । कार्यक्रममा समाजिक अभियन्ता प्रमोद शर्मा, निवर्तमान वडाअध्यक्ष जिवछ यादव, वडा सचिव चेतनारायण यादव लगायतले पनि बोल्दै तराई–मधेशको संस्कृतीका रुपमा रहेको होलीको संरक्षण तथा प्रवद्र्धनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार २१:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको