जनकपुरधाम,फाल्गुण २६ । समाजवादी प्रेस संगठन नेपाल, धनुषाको पुनर्गठन गरिएको छ । नेकपा एकिकृत समाजवादीका स्थाई कमिटि सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झाको प्रमुख आतिथ्यमा आज बसेको बैठकबाट विकास कुमार साहको अध्यक्षतामा समाजवादी प्रेस संगठन नेपाल धनुषाको पुनर्गठन गरिएको हो ।
पुनर्गठित नयाँ कार्यसमितिको सचिवमा धिरेश दत्त, सह–सचिवमा सुरेन्द्रकुमार राय, कोषाध्यक्षमा रुकमिनी साह, सदस्यहरुमा सत्रुध्न यादव र मोनु गुप्तालाई चयन गरिएको छ ।
कार्यसमितिको पहिलो बैठकबाट उपाध्यक्ष चयन गरिने अध्यक्ष साहले जानकारी दिए ।
बैठकले संगठन छाडेर अन्यत्र गएका धनुषाका तत्कालिन अध्यक्ष अकुल प्रसाद साह र कोषाध्यक्ष दिनेश कुमार साहको साधारण सदस्यतासमेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको छ ।
बैठकमा संगठनका केन्द्रिय सदस्य जय कुँवर,प्रदेश सदस्य ओमप्रकाश साह, नेकपा एकिकृत समाजवादी धनुषाका अध्यक्ष रामचन्द्र पण्डित,सचिव रामजकुमार यादव, यूवा संघ नेपाल धनुषाका अध्यक्ष शैलेन्द्र यादवसहितका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।







