सप्तरीको दुई छुट्टाछुट्टै दुर्घट्नामा दुई चालकको मृत्यु



राजविराज, फागुन २७ । सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घट्नामा परि दुईजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा एक विंगर चालक तथा अर्का मोटरसाईकल चालक हुन् ।

सोमबार राति १२ बजेतिर हुलाकी सडक खण्ड अन्तर्गत राजविराज नगरपालिका वडा नम्बर १ पडरिया सडक खण्डमा को १ ज २८६४ नम्बरको विंगर अनियन्त्रित भई पल्टिदा चालक रुपनी गाउँपालिका वडा नम्बर १ घर भएका ३५ बर्षीय रघु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार महुलीबाट तिव्र गतिमा राजविराजतर्फ आउँदै गरेको विंगर अनियन्त्रित भएर डेढसय मिटर तल खेतमा खसेको थियो । दुर्घट्नामा घाईते चालक यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

गाडीमा यात्रु नरहेको र सहचालक शम्भुनाथ नगरपालिका वडा नम्बर १ का २५ बर्षीय सुन्दर साह सकुशल रहेको प्रहरीको भनाई छ ।
यस्तै सोमबार राति नै राजविराज नगरपालिका वडा नम्बर ११ झल्ही नहर सडक खण्डमा राती १ बजे भएको मोटरसाइकल दुर्घट्नामा राजविराज १२ घर भएका २२ बर्षीय घनश्याम यादवको मृत्यु भएको छ ।

मधेश प्रदेश ०६–००१प२६२८ नम्बरको मोटरसाईल अनियन्त्रित भई दुर्घटनामा पर्दा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा टाउकोमा चोट लागि गम्भिर घाइते भएका उनलाई सुरुमा उपचारका लागि स्थानीय छिन्नमस्ता अस्पतालमा ल्याइएको थियो । तर त्यहा उपचार सम्भव नभएपछी थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको यादवको उपचारकै क्रममा मृत्यू भएको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार १८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको