जनकपुरधाम, फागुन २७ । धनुषा जिल्लाको जनकपुरधाम उप महानगरपालिका भोइलमा एक पुरुषको शव बरामद भएको छ । जनकपुरधाम–कमला सडकको छेउमा सो पुरुषको शव वरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटना स्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार १७:३४






