देउवाको अभिव्यक्ति प्रति जसपा नेपालका नेताहरू आक्रोशित



जनकपुरधाम, फागुन २७ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘समानुपातिक निर्वाचन प्रणालीका कारण देशमा अस्थिरता आयो’   भन्दै दिएको अभिव्यक्ति प्रति जसपा नेपालका नेताहरु आक्रोशित भएका छन ।

जसपा नेपालका सुचना तथा सञ्चार विभाग प्रमुख ई. जितेन्द्र यादवले देउवाको अभिव्यक्ति २०४७सालको संविधान व्युत्याउने संकेत रहेको टिप्पणी गरेका छन । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘देउवाको अभिव्यक्तिले २०४७ सालको संविधान फर्काउने संकेत देखिन्छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा बढि लाभ लिने काँग्रेस र कम्युनिष्टले समानुपातिक प्रतिनिधित्वको बिरोध गर्नु गलत हो ।’

संविधानका निर्माताहरू संविधानको बिरूद्ध षडयन्त्र गर्नु भनेको गैरराजनीतिक चरित्र रहेको उल्लेख गर्दै यादवले भनेका छन, ‘ यो संविधान संशोधनको नाममा एकतावद्ध हुने काँग्रेस र कम्युनिष्टले राजा र दुर्गा प्रसाईंलाई प्रयोग गरि हिन्दु धर्मको नाममा व्यवस्थालाई नै समाप्त पार्न बनाई रहेको रणनीतिको पर्दाफास भएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको