मधेश सरकारका मन्त्रीका सुरक्षा अधिकारी असई यादवको आकस्मिक मृत्यु



जनकपुरधाम, फागुन २७ । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।

आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो ।

थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको कोइरालाले जानकारी दिए ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २७, मंगलवार १३:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको