प्रहरी हिरासतबाट थुनुवा फरार



सिरहा, फागुन २९ । ईलाका प्रहरी कार्यालय मिर्चैया हिरासत कक्षमाबाट थुनुवा फरार भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिका १ बस्ने जमिर मंसुरीको १९ बर्षीय अस्लम मंसुरी बिहीबार बुलेकी फरार भएका छन् ।

इप्रका मिर्चैया सिरहाको हिरासत कक्षमा रहेका अभद्र मुद्दाका थुनुवा अस्लम मंसुरीलाई बिहीबारनै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता बिरेन्द्र पासवानले जनाएका छन् ।

‘उनको खोजी भइरहेको छ,’ मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले भने–‘विभिन्न स्थानमा प्रहरी परिचालन गरेर हामी खोजीमा जुटेका छौं ।’

प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहीबार २१:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको