यातायात व्यवस्था कार्यालय धनुषाको भूमि पुजन सम्पन्न



जनकपुरधाम, फागुन २९ । यातायात व्यवस्था कार्यालय धनुषाको कार्यालय भवन तथा आधुनिक ट्रायल सेन्टरको भूमि पुजन जनकपुरधाममा सम्पन्न भएको छ ।

गुठी संस्थानले लिजमा उपलब्ध गराएको सिताकुण्ड मन्दिरको स्वमामित्वमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ ज्ञानकुप स्थित एक विग्घा जग्गामा यातायात व्यवस्था कार्यालयको भवन तथा आधुनिक ट्रायल सेन्टरको भूमि पुजन गरिएको हो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख धनन्जय कुमार सिंहको अध्यक्षतामा भएको भूमि पुजन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र श्रमतथा यातायातमन्त्री कौशल किशोर रायले संयुक्त रुपमा भूमि पुजन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री सिंहले यातायात व्यवस्था कार्यालयको आफनै भवन र आधुनिक ट्रायल सेन्टर निर्माणले सेवाग्राहीलाई सहजहुनुका साथै विश्वसनीयतामा वृद्धि हुने विश्वास व्यक्त गरेका छन ।

उनले सम्भवतः नेपालकै पहिलो आधुनिक ट्रयाल सेन्टर जनकपुरमा निर्माण हुन लागेको समेत बताए ।

त्यस्तै श्रम तथा यातायातमन्त्री रायले वर्तमान सरकार जनमुखी कार्यमा अगाडी बढेको दावी गर्दै वर्षौदेखी थन्किएको जग्गा उपलब्धता सम्बन्धि कार्य गराउन आफु सफल भएको दावी गरे ।

उनले आधुनिक ट्रायल सेन्टर जिम्मा निजी क्षेत्रलाई दिने तयारी भै रहेको उल्लेख गर्दै आधुनिक ट्रायल सेन्टरको निर्माणले विचौलियाहरुको विगबिगी अन्त हुने दावी समेत गरे ।

कार्यक्रममा सिताकुण्ड मन्दिरका महन्थ राम नरेश दास, वडा अध्यक्ष दिनेश सिंह सहितको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहीबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको