विदेहवाट लखेटिएका प्रमुख प्रशासकीय अधिकृत पाँच जिल्लाको ‘हाकीम’



जनकपुरधाम, फागुन २९ । धनुषाको विदेह नगरपालिकाबाट लखेटिएका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर दीपेन्द्र साहलाई पाँच जिल्लाको हाकीम बनाइएको छ । विदेह नगरपालिकाका मेयर वेचन दासले कानुन विपरीत काम गर्न भनेपछि काम गर्न नमानेको र कानुन बमोजिम आएको एक शिक्षिकालाई पदस्थापना गरेपछि मेयर दास र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साह बीच टसल भएको थियो ।

मेयर दासका छोराले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साहमाथि अर्डर गर्न थालेपछि उनले ‘हु आर यु’ भनेर मेयरका छोरालाई आफ्नो कार्यकक्षबाट भगाएपछि विदेह नगरपालिकामा ठूलै बबण्डर मचेको थियो । साह भन्छन्–‘सरकारले बनाएको कानुन अनुसार काम गर्नुनै हाम्रो काम, कर्तव्य र अधिकार हो, कानुन मिचेर वा कसैलाई दुःख दिनु हाम्रो काम होइन् ।’

स्थानीय सरकार सञ्चालन ऐनलाई लत्याएर यहाँका राजनीतिक दलबाट चुनाव जितेकाहरु आफूलाई राजा ठान्न थालेपछि स्थानीय तहहरुमा प्रमुख प्रशासकीय नटिक्ने गरेको बुद्धिजिविहरुको बुझाई छ । त्यसमा पनि मधेश प्रदेशको वितिथि वेग्लै छ । आफू अनुकुल काम गराउने, राजनीतिक प्रतिशोध साध्ने, जनतालाई विपक्षी ठान्ने जस्ता समस्याले स्थानीय सरकारहरु ग्रसित रहेपनि कामको मुल्यांकन भने बुझ्नेले बुझ्ने गरेको उनीहरुको भनाई छ ।

विदेह नगरपालिकाबाट लखेटिएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र साह एक कुशल प्रशासक, इन्जिनियर पेशामा नाम कमाएका छन् तर उनलाई विदेह नगरपालिकाकाले पहिचान गर्न नसकेको इन्जिनियरिंग पेशामा आवद्ध भएकाहरु बताउँन् । ‘विदेह नगरपालिकाका मेयर एमाले आवद्ध छन्, केन्द्रमा एमालेकै सरकार छन् तर उनलाई कारवाही त गरिएन् ? बरु उनलाई थप जिम्मेवारी दिँदै पाँच जिल्ला हेर्ने खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका हाकीम बनाइएको छ’–उनीहरु बताउँछन् ।

‘मधेश प्रदेशका अधिकांश स्थानीय तहहरु निमित प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्ने गरेको छ । यहाँका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत आउन मान्दैन् किन ?’ भनेर कर्मचारीहरु प्रश्न समेत तेर्साउन थालेका छन् । मुलुकमा संघीयता ल्याउन सयौंले बलिदानी दिए, संघीयतामा मुलुक आयो पनि तर, अपरिपक्व राजनीतिककर्मी र गैर राजनीतिकर्मीहरुकै कारण आज संघीयतामाथिनै जनताले प्रश्न तेर्साउन थालेको कर्मचारीहरुको बुझाई छ । उनीहरु भन्छन्–‘हामीले राजनीतिक रुपमा स्टेटमेन्ट दिन मिल्दैन् तर, अवस्था यस्तै हो ।’

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुर मधेश प्रदेशका ८ जिल्ला मध्ये पाँच वटा जिल्ला हेर्ने गरेको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही जिल्ला हेर्ने यो कार्यालयको हाकीममा दीपेन्द्र साह आएपछि कर्मचारीहरुले पनि कुशल अभिभावक पाएको अनुभूति गर्न थालेको कर्मचारीहरु बताउँछन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहीबार ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको