गोली लागेको सन्तोषलाई थप उपचारको लागि काठमाडौँ रेफर



जनकपुरधाम, चैत ४ । धनुषाको सबैला नगरपालिका–९, भठिहनमा चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा प्रहरीले चलाएको गोली लागि घाइते भएका सन्तोष यादवलाई काठमाडौँ रेफर गरिएको छ।

शहीदनगर–१, कुम्भकर्णका संतोष यादवलाई उपचारका लागि जनकपुरधामस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर, यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ।

सबैलाको भठिहनस्थित चोकमा एक पक्षले ‘यादव चोक’ लेखिएको बोर्ड राखेपछि अर्को पक्षले त्यसलाई उखाल्दा आइतबारदेखि दुई पक्षबीच विवाद चर्किएको थियो। स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको र प्रहरीले गोली चलाएको थियो ।

 
https://www.facebook.com/madhestoday/videos/3939611429630294

प्रकाशित मिति: २०८१ चैत्र ४, सोमबार २०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको