जनकपुरधाम, चैत ५ । सवैला नगरपालिकाका वडा नम्वर ११ का वडाध्यक्ष सरोजकुमार यादवले आफ्नो शान्तिपूर्ण आन्दोलनमा सहयोगी बन्न आन्दोलनरत्त युवाहरुलाई आग्रह गरेका छन् ।
शहीद रामप्रकाश यादवको स्मारक स्थित एक भिडियो सन्देश जारी गर्दै सवैला नगरपालिकाका मेयर कारीराम यादव भ्रष्टाचारी रहेको आरोप लगाउँदै उनले ४० लाखको पेट्रोलियम पदार्थ पिएको आरोप लगाएका छन् ।
उनले जारी गरेको सन्देशमा शहीद रामप्रकाश यादवको स्टेचु देखाउँदै भनेका छन–‘यस्तै स्टेचु बनाई दिनेछ, कोही काम आउँदैन्, लाग्यो नि अहिले गोली कोही काम आउँदैन् आफ्नो खेत, घडेरी बेचेर उपचार गराउ ।’
उनले भनेका छन्–‘विरता देखाउँनु नै छ भने म संग आउ, म विगत ३५ दिन देखि सवैला नगरपालिकाको वरण्डामा सुतेको छु र सवैला नगरपालिकाका मेयर चोर हो उनले ४२ लाखको पेट्रोल पिएका छन्, १६ लाखको मिडिया विज्ञान गरेका छन् ९ लाखको नास्ता खाएका छन् त्यस्को म स्वयम साक्षी छु ।
सवैला नगरपालिका–५ का वडाध्यक्ष यादवले विगत ३५ दिन देखि आफ्नो वडाको विद्यालयको सुधारको माग गर्दै आन्दोलनरत्त छन् तर, नगरपालिकाले उनको माग सम्वोधन गर्नुको साटो अहिले आएर त्यहाँ यादव चोकको बिषयमा विवाद शुरु गराएको आरोप स्थानीयहरुको छ ।






