सर्वोच्चको आदेशपछि विश्वविद्यालयमा रजिष्ट्रार ठाकुर



जनकपुरधाम, चैत ७ । सर्वोच्चको अदालतको आदेश पछि मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुर विश्वविद्यालयमा हाजिर भएको छ ।

मधेश सरकारका मुख्यमन्त्री एवं विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको जोडबलमा सिनेट बैठकको बहुमतले उपकुलपति डा. बैद्यनाथ महतो र रजिष्ट्रार ठाकुरलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

रजिष्ट्रार ठाकुर उक्त निर्णय विरुद्ध सर्वोच्च पुगे पछि सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै उनलाई तत्काल पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो ।

सर्वोच्चको आदेश पछि रजिष्ट्रार ठाकुर विहीवार विश्वविद्यालयमा हाजिर भएका छन । उनलाई विश्वविद्यालयका उपकुलपति सहित कर्मचारी र विद्यार्थीहरुले भव्य स्वागत गरेको छ ।

यस अघि अदालतको आदेश पछि उपकुलपति डा. महतो समेत विश्वविद्यालयमा हाजिर भई सकेका छन ।

प्रकाशित मिति: २०८१ चैत्र ७, बिहीबार १८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको