धनुषामा गोली चल्यो, स्थिति तनावग्रस्त



जनकपुरधाम, चैत ८ । धनुषाको मुखियापट्टि मुसहरनियामा प्रहरीले गोली चलाएको छ । धनुषा प्रहरीले तस्करलाई नियन्त्रणमा लिने प्रयास गरेपछि बैरियामा प्रहरी र तस्करबीच बाझाबाझ भएको थियो ।

तस्करी गरिएको सरसमान स्थानीय मुकेश यादवको घरमा (गोदाम)मा राख्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिगएको प्रहरी टोलीले छापा मार्दा प्रहरी संग स्थानीयहरु भिडेका थिए ।

अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले एक राउण्ड गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो गाउँ भएर दैनिक करोडौं रुपैयाँ बराबरको मालसामान भारतबाट आयात हुने गरेको छ ।

केही दिन पूर्व सोही नाका भएर मदिरा भारत पठाएकोलाई रोक्ने प्रयास गर्दा त्यहाँका प्रहरी चौकीका इन्चार्जलाई यहाँका एक सांसदको दवावमा जिल्ला तानिएको थियो ।

तर, भूवनेश्वर तिवारी धनुषा जिल्लाको प्रहरी प्रमुख भएर आएपछि शान्ति सुरक्षामा तीव्रता दिएका छन् ।

प्रकाशित मिति: २०८१ चैत्र ८, शुक्रबार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको